पसलमा तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। महानगरले पसलमा व्यापारीले फुटपाथलाई असर गर्ने गरी सजाइएको फूलमाला हटाएको हो। यसअघि महानगरले सार्वजनिक सूचना निकालेर पुटपाथलाई असर गर्नेगरी व्यवसाय नगर्न आग्रह गरेको थियो ।

आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला महानगरको प्रहरी टोलीले हटाएको छ। पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *