पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको खेलमा गण्डकी प्रदेश विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा प्रदेश १ लाई २–० गोलले पराजीत गर्दै गण्डकीले विजयी सुरुवात गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा गण्डकीलाई जीत दिलाउन जया गुरुङ र कमल थापाले एक-एक गोल गरे । जयाले तेस्रो र कमलले २७ औं मिनेटमा गोल गरेका हुन् ।
जीतसँगै गण्डकी एक खेलबाट ३ अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले मदेश प्रदेशलाई ६-० गोलले पराजीत गर्यो । एपीएफको जितमा प्रदिप लामाले दुई गोल गर्दा मणि लामा, आवास लामिछाने, बिकु तामाङ र युवराज खड्काले समान एक-एक गोल गरे ।