प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल कोरोना संक्रमणमुक्त

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमणमुक्त भएका छन् । रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले कोरोना जितेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।’ गत शुक्रबार स्वाब परीक्षण गर्दा रिमाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *