काठमाडौँ । झण्डै एक महिना लामो लकडाउन समाप्त भएसँगै चीनको छन्तुस्थित नेपाली महावाणिज्यदूताबासमा बडादशैँ मनाइएको छ । महावाणिज्यदूत दिनेशकुमार घिमिरेले नियोगमा आमन्त्रित ३० बढी नेपालीलाई टीका, जमरा लगाइ बडादशैँकाे शुभकामना दिएका थिए ।
साे अवसरमा महावाणिज्यदूत घिमिरेले सिछुवान र क्वीचौ प्रान्त तथा छोङ्गछिङ्ग शहरमा रहेका नेपालीलाई आफूलाई परेको समस्यामा महावाणिज्यदूताबासको सहयोग लिन र नेपालीहरुबीचको सम्पर्क सञ्जाल विस्तार गर्न अनुराेध गरे ।
चीनको शुन्य कोभिड नीतिका कारण सिछुवानका अधिकांश ठाउँमा झण्डै एक महिनासम्म लकडाउन गरिएको थियो । दशैँको केही दिनअगाडि मात्रै लकडाउन खुलेको थियो ।

