काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका हुन् । डोजर आतंक बन्द गर, नेवा विरोधी होसियार, नेवा एकता जिन्दावाद जस्ता नारा लगाउँदै स्थानीय वासिन्दाले बालेनविरुद्ध नाराबाजी गरेका हुन् । यस्तै स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका हुन् ।
महानगरपालिकाले वडामा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
तस्बिर- नेपाल प्रेस
