आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन् २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु एकादशीश्राद्ध, इन्दिरा एकादशीव्रत विश्व शान्ति दिवस फर्पिङमा हरि शंकरयात्रा (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्यक्षेत्रमा सामान्य ढिलाइको सम्भावना रहेको छ । सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहने योग रहेको छ । जीवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहने छन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रजन तथा दाजुभाइबीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मानप्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भोजभतेर तथा सभासम्मेलनजन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय व्यतित रहनाले मन प्रशन्न रहनेछ । वाणिमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरुसगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोविलासिताका साधनको प्रयोगले समय व्यतित रहने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्यनअध्यापनमा समय मध्यम रहने छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनप्रति अरुको दवाबको महसुस हुनाले दिन तनाबपूर्ण व्यतित रहला । प्रतिश्पर्धीहरु सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । अपरिचित व्यक्तिहरुको विश्वासमा नपर्नुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जनका विभिन्न श्रोत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा व्यवधान आइपर्नेछ । अध्यन अध्यानपनमा अधिक समय व्यतित गर्नुपर्नेछ । शुभ चिन्तकहरुको संख्यामा वृद्धि हुनेछ । रचनात्मक कार्यका क्षेत्रमा समय व्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्तजनहरुसँग तनाव उत्पन्न हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सभासम्मेलन जन्य कार्यमा सहगिता साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्यप्रतिको लगनशीलतामा वृद्धि हुने छ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय व्यतित रहला । नयाँ कार्य थालनीमा साबधान अपनाउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ । तपाईँको कार्यसम्पादनको श्रेय असम्बन्धित व्यक्तित्वहरूले प्राप्त गर्ने छन् । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ । परिवारका सदस्यहरुसगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थसम्बन्धि समस्याका कारण सामान्य तनाव उत्पन्न हुन सक्नेछ । कार्यक्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा विशेष सजग रहनुहोला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । अपरिचित व्यक्तिहरुका कारण कार्य क्षेत्रमा सामान्य दवाबको सामना गर्नुपर्ने सम्भावना रहने छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ । अध्यन अध्यापन मध्यम रहने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको वृद्धि हुने छ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । अपरिचित व्यक्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ । यात्रामा सामान्य झन्झट आइपर्न सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वाैद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालीन आम्दानीका स्राेतहरु फेला पर्ने छन् । अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ । स्वास्थका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेको छ । स्वास्थमा सामान्य सुधारको योग रहेको छ ।