यस्तो छ आज भदौ ३० गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ वि.स.२०७९ भदौ ३० गते बिहीबार इश्वी सन् २०२२ सेप्टेम्बर १५ तारीख आश्विन कृष्णपक्ष पञ्चमी पश्चात षष्ठी तिथि भरणी पश्चात कृत्तिका नक्षत्र व्याधात योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु षष्ठीश्राद्ध (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँकार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने दिन रहेको छ । खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा सावधान रहनुहोला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भावना रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धामा अबल रहिनेछ । आयमूलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मान्यजनको साथसहयोगको कमी महसुस गरिनेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनोबिलासिताका सामान खरिद योग रहेको छ । दाजु भाइ तथा इष्ट मित्र बीच सम्बन्ध सुधार रहने छ । आफन्तजन बीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । पराक्रममा वृद्धि हुनेछ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय व्यतित रहने छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । वाणिका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाइहरुसगँ सामान्य मनमुटाब हुन सक्ने छ । शारीरिक अस्वस्थाको सामना गर्नुपर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भावना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मान्यजनको साथ सहयोगको कमी महसुस गरिनेछ । भौतिक स्राेतसाधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउनेछ । साथै, जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । व्यापार व्यवसायमा साझेदारी नगरेकै बेश हुनेछ । शारीरिक आलस्यताले सताउने छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्ने छ । गैर व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । घर परिवारबाट टाढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रिय व्यक्तिको भेटघाटमा मन प्रशन्न रहने छ तथा पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्षपश्चात मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछ । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक मेल मिलाप बढे तापनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आट र साहसको कमि आउनेछ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भए तापनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरिएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *