आज श्री शाके १९४४ वि.स.२०७९ भदौ २९ गते बुधबार इश्वी सन् २०२२ सेप्टेम्बर १४ तारीख आश्विन कृष्णपक्ष चतुर्थी पश्चात पञ्चमी तिथि अश्विनी पश्चात भरणी नक्षत्र ध्रुब योग बालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पञ्चमीश्राद्ध बाल दिवस इन्द्रध्वजपातन नानीचाया (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारिवारिक कलहको सामना गर्नु पर्ला । सवारी साधनको प्रयोमा विशेष सावधानी अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमी आउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । नजिकका मित्र तथा दाजु भाइहरुसगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर व्यक्तिको पूर्ण विस्वास नगर्नु नै राम्रो रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला । नयाँ कार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापनको क्षेत्रमा प्रभाव पार्ने समय रहेको छ । शत्रु पराजित हुने छन् र शुभ चिन्तकहरूको वृद्धि हुनेछ । यात्रामा सामान्य खर्च गर्नु पर्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झरझमेलाको सम्भावना रहेको छ । स्मरणीय यात्राको सम्भावना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खानपानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भावना रहे तापनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीका क्षेत्रमा वृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ, सजग रहनु होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक स्राेतसाधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरिनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्नेछ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । गैर व्यक्तिको पूर्ण विस्वास नगर्नु नै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जनजन्य सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय व्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौधिक व्यक्तित्वसगँको भेटघाटको अवसर जुट्नेछ । सामान्य संघर्षपश्चात् मनग्य आम्दानीका स्राेतहरू फेला पर्नेछन् । व्यापार व्यावसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुनसक्छ । पारिवारिक मेल मिलाप बढे तापनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायकाे क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भए तापनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भावना रहेकोछ । नजिकका व्यक्तिबाट विश्वासघात हुनसक्छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य चोटपटकको सिकार हुन सकिन्छ, सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर व्यक्तिकाे पूर्ण विस्वास नगर्नु नै राम्रो रहनेछ । मनोरञ्जनात्मक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।