आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २८ गते मंगलबार इश्वी सन २०२२ सेप्टेम्बर १३ तारिख आश्विन कृष्णपक्ष तृतीया पश्चात चतुर्थी तिथि रेवती पश्चात अश्विनीनक्षत्र वृद्धि योग भद्रा करण चन्द्रमा मीन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु गातिला चौथीश्राद्ध (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विश्वासिलो व्यक्तिहरूबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा वृद्धि हुने योग परेको छ । मान्यजनको साथ प्राप्त हुनेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रजनको साथ र सहयोगले कार्य सम्पादनमा मद्दत पुग्नेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । मध्यान्नपश्चात कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । दम्पतीबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ । परिवारका सदस्यहरूबाट टाँढा भएको महसुस रहनेछ । सामान्य आर्थिक अभावको सामना हुन सक्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्नपश्चात मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय व्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालीन तुल्याउन सकिने छ । पूराना मित्रजनहरुसगँको भेटघाटले मन हर्षित रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अविश्वसनीय व्यक्तिसँगको संगतले अपजसको सामना गर्नुपर्ला । पारिवारिक झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान्रपश्चात भौतिक स्राेतसाधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभा सम्मेलनजन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । सवारी साधनको प्रयोगमा सावधान रहनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ईष्ट मित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । मध्यान्नपश्चात मित्र तथा दाजु भाइबीचको सम्बन्धमा सुधार आउनेछ । गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय गैर व्यक्तिहरुले प्राप्त गर्ने छन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भोग बिलासको क्षेत्रमा समय व्यतित हुनेछ । मनोविलासिताका सामान खरिद योग रहेको छ । कार्यक्षेत्रको लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्यान्नपश्चात खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता बेहाेर्नुपर्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान्नपश्चात जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनीका निम्ति समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य चुनौतीपश्चात आम्दानी उत्तम रहनेछ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता बेहोर्नुपर्ला । मध्यान्नपश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान्नपश्चात वाैद्धिक व्यक्तिहरुका बिचमा आफू कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय व्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालीन तुल्याउन सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानी उत्तम रहनेछ । मध्यान्नपश्चात आम्दानीको क्षेत्र सबल रहे तापनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुको दवाबको कारण मानसिक समस्या आइपर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्नपश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा वृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन् ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्नपश्चात व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ ।