नेपाल टी-२० लिगको मार्की खेलाडी सार्वजनिक

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका टोलीले मार्की खेलाडी छानेका छन् । शनिबार लिगका ६ वटै फ्रेन्चाइज टोलीले मार्की खेलाडी छानेको नेपाल क्रिकेट संघ (क्यान) जानकारी दिएको हो ।

पहिलो संस्करणको लिगमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले सहाभागिता जनाउँदैछन् ।

काठमाडौंले मार्की खेलाडीको रुपमा ज्ञानेन्द्र मल्ललाई छान्दा लुम्बिनीले दीपेन्द्र सिंह एरीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यस्तै विराटनगरले राष्ट्रिय टोलीका उप-कप्तानलाई मार्की खेलाडीको रुपमा चयन गर्दा  फारवेस्ट युनाइटेडले कारण केसी र जनकपुर रोयल्सले सोमपाल कामीलाई सर्वाधिक मुल्य खर्चियो ।

पोखराले राष्ट्रिय टोलीका युवा विकेटकिपर ब्याट्सम्यानलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । यस्तै पोखराले सरद भेषवाकरलाईपनि सर्वाधिक मुल्य खर्चिएको हो । ६ टोली मध्य दुई जना मार्की खेलाडी लिने पोखरा एक्लो टोली हो । मर्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् ।

पहिलोपटक आयोजना हुन लागेको नेपाल टी-२० लिग यहि असोज ८ देखि ५ कार्तिकसम्म आयोजना हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *