चुनावी गठबन्धनलाई ‘ठगबन्धन’ को नाम दिएका रबि लामिछाने आफै गठबन्धन गर्दै

काठमाडौं । अस्ति मात्रै गठबन्धन गरेर चुनावमा जानी जनतामाथि गरिएको ठगी हो भन्दै भाषण गरेका रवि लामिछानेले पनि चुनावमा गठबन्धन गर्ने भएका छन् ।

उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन र तालमेल गर्न उच्चस्तरीय वार्ता समिति बनाएको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाइएको हो ।

वार्ता समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा।अरनिको कुमार पाण्डे, सुमना श्रेष्ठ र गणेश कार्की रहेका छन् । बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ ।

केन्द्रीय सदस्य पाण्डेको नेतृत्वमा सो समिति गठन गरिएको पार्टी प्रवक्ता डा।मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तर उक्त पार्टीको उपत्यकास्तरीय राष्ट्रिय भेलामा रवी आफैले गठबन्धन गरेर चुनावमा जानु अपराध भएको बताएका थिए । अघिल्लो शनिबार खुलामञ्चमा सम्बोधन गर्दै विभिन्न टुक्रा(टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगी धन्दा बताएका थिए ।

लामिछानेले सबै दललाई एक्ला एक्लै चुनाव लड्न समेत चुनौती दिएका थिए । उनले चुनाव एक्ला एक्लै लड्ने चिज भएको भन्दै गठबन्धन देशका लागि हानिकारक रहेको बताएका थिए ।

‘चुनाव एक्ला एक्लै लड्ने हो । टुक्रा(टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु भनेको ठगी धन्दा हो । ‘राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।’ उनले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *