कांग्रेस धनकुटाबाट सुनिल थापा सिफारिस, अरु को-को परे ?

धनकुटा । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलवहादुर थापाको नाम सिफारिस गरेको हो।

समानुपातिकमा जिल्ला सभापति दिनेश राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, संविधानसभा सदस्य अञ्जनता ताम्ली, पूर्व सभापति हरीकुमार राई, महासमिति सदस्यहरु आनन्द कुमार सन्तोषी राई, उदय लिम्बु, जिल्ला सदस्य कमोट कुमार फागु, अम्विका परियार, रामजी कोङरेन र चुडामणी धमलालाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ प्रदेश सदस्य नविन किशोर शाक्य, संविधानसभा सदस्य लिला सुब्बा, महाधिवेशन प्रतिनिधि दुर्गाबहादुर सुवेदी र जिल्ला सदस्य तिर्थ राई सिफारिसमा परेका छन् ।

सोही क्षेत्रको समानुपालिक खुल्लातर्फ जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि प्रकाश थुलुङ, जिल्ला सदस्य चन्द्र याक्खा, मनोज राई, क्षेत्रिय सदस्य मोहन राई, धन वहादुर खड्का, पदम राई, पूर्व महासमिति सदस्य ललित चेम्जोङ, जिल्ला सदस्य रमेश ईवाहाङ, मिनबहादुर कार्की, पूर्व कोषाध्यक्ष विकास प्रधान, पूर्व गाविस सभापति सुरेन्द्र चेम्जोङ, पूर्व सचिव रविन्द्र नेपाली, जिल्ला सदस्य सन्तोष तामाङ, बुद्धीकान्त घिमिरे सिफारिस भए ।

महिलातर्फ महासमिति सदस्य सिता प्रधान, गायत्री भण्डारी, प्रदेश महाधिवेशन प्रतिनिधि हिमाकुमारी चेम्जोङ, टिकादेवी भण्डारी, अम्विका राई, रेणु श्रेष्ठ, निरुपा राई र मुना पोख्रेललाई सिफारिस गरेको कांग्रेस धनकुटाले जनाएको छ ।

उता प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षमा क्षेत्रिय सभापति राजन पौडेल, जिल्ला उपसभापति निर्मलप्रसाद ओझा र जिल्ला सविच जयन्द्र घिसिङको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ सुमना तिम्सिना, घनेन्द्रराज श्रेष्ठ, अम्बिकादेवी धमला, माधव भट्टराई, कल्पना लिम्बु, चन्द्र लिम्बू, गोविन्द्र थापा, भिष्म गुरुङ, चिरञ्जिवी थापा, बलवहादुर खड्का, सचिव आशा पराजुली, हरी दियाली र लक्ष्मी काफ्ले सफारिसमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *