बुटवल। शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याए ।
उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे ।
नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहेका चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए । उनले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउदै संसददीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गरेको बताए ।
मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको जनाए ।