सुदूरपश्चिममा गठबन्धनबीच भागबण्डाका लागी रस्साकस्सी

काठमाडौं । नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ। १६ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सबै दललले बढी सिटमा दावी गरेका छन।

नेपाली कांग्रेसले कम्तीमा १० निर्वाचन क्षेत्र आफूले पाउनु पर्ने दावी गरेको छ भने नेकपा माओवादी केन्द्रले ५ निर्वाचन क्षेत्र र एकिकृत समाजवादीले ५ निर्वाचन पाउनु पर्ने अडान राखेका छन। मतका आधारमा नेकपा एकिकृत समाजवादी कमजोर भएपनि उस्को बढी निर्वाचन क्षेत्र मागेको नेपाली काग्रेसका एक नेताले बताए। ‘आफ्नो हैसियत भन्दा बढी निर्वाचन क्षेत्र माग्दा समस्या भैरहेको छ’उनले भने।

नेकपा एकिकृत समाजवादीले कैलाली निर्वाचन क्षेत्र ४, अछाम निर्वाचन क्षेत्र १, डोटी र बझाङमा दावी गरेको छ। एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रदेश समिती सचिव दिनेश सुवेदीले थप एक महाकाली बाट गरेर ५ निर्वाचन क्षेत्रमा दावी गरेको बताएका छन।

बझाङ निर्वाचन क्षेत्र र कैलाली ४ निर्वाचन क्षेत्र एकिकृत समाजवादीलाई दिने निश्चित भैसकेको छ। कमिटी सदस्य भानुभक्त जैशी र कैलाली निर्वाचन क्षेत्र ४ मा दिर्घ सोडारीका निर्वाचन लड्ने भएका छन।

माओवादी केन्द्रले कैलाली निर्वाचन क्षेत्र, २, ३ र ४ मध्ये कुनै २ निर्वाचन क्षेत्र, कंचनपुर निर्वाचन क्षेत्र १, डोटी, बैतडी र अछाम निर्वाचन क्षेत्र २ मा दावी गरेको छ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष हरि चौधरी, उत्सवले ५ निर्वाचन क्षेत्र पाउनुपर्ने माग रहेको बताए। कैलालीमा पहिलो प्राथमिकता निर्वाचन क्षेत्र ३ र ४ रहेको र सहमतीमा निर्वाचन क्षेत्र २ पनि राखेको बताए।

कैलालीबाट माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र माग गरेको हो। माओवादी केन्द्रले निर्वाचन क्षेत्र २ र निर्वाचन क्षेत्र ३ पाउने सम्भावना देखिएको छ। यसैगरि डोटी र बैतडी निर्वाचन क्षेत्र माग गरेको भएपनि कुनै १ पाएमा चित्त बुझाउने उनको भनाइ छ।

नेपाली कांग्रेस प्रदेश समितिका महामन्त्री मेघराज खड्काले कम्तीमा १० निर्वाचन क्षेत्र नेपाली कांग्रेसले पाउनुपर्ने दावी रहेको बताएका छन। ‘हामी एक्लै चुनाव लडेपनि जित्ने निर्वाचन क्षेत्र छोड्न सकिदैन’उनले भने।

डोटी र अछाममा नेपाली कांग्रेसको मतदाता धेरै भएकोले स्वाभाविक दावी हुने बताए। यसैगरि कैलाली निर्वाचन क्षेत्र १, निर्वाचन क्षेत्र ५ मा नेपाली कांग्रेसको मात्र दावी छ। निर्वाचन क्षेत्र ५ मा देउवा पत्नी आरजु राणा चुनाव लड्ने चर्चा छ।

कंचनपुर निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नेता एन पी साउँद र निर्वाचन क्षेत्र ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक चुनाव लड्ने भएका छन। डडेल्धुरामा प्रधानमन्त्री देउवा निर्वाचन लड्ने छन। यसैगरि दार्चुला, बाजुरामा नेपाली कांग्रेस चुनाव लड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *