बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल लगायतका संरचना हटाउन सुरु

काठमाडौं। काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा अन्डरग्राउण्ड पार्किङको अनुमती लिएर पसल राखिएका घरका पसल लगायतका संरचना हटाउन सुरू गरेको छ।

महानगर प्रमुख बालेन्द्र शाह आफै केहिबेर अघि नयाँ बानेश्वर पुगेर पार्किङ क्षेत्रको अनुमती लिएर बेसमेन्टमा चलाइएका पसल हटाउन सुरु गरेका छन् ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा विहान १० बजेदेखि बेसमेन्ट खालि गर्न सुरु गरिएको हो ।

बेसमेन्ट हटाउनका लागि महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *