माओवादी केन्द्र परित्याग गरेका चौताराका पूर्वमेयर तामाङ एमाले प्रवेश गर्दै

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गरका छन्। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप देखाउँदै तामाङले माओवादी केन्द्र परित्याग गरेका हुन्।

माओवादी व्यक्तिवाद र स्वार्थ केन्दित भएको उनले आरोप लागाए। पूर्वमेयर तामाङ नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन्। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत् उनलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *