उत्पत्तिको प्रमाणपत्र लिनेको संख्या दोब्बरले वृद्धि

काठमाडौं। निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ।

भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको थियो।

यसअघि भने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या भने स्थिरजस्तै थियो । आव २०७१/०७७ मा १५ र आव २०७५/०७७ मा ६१ उद्योगलाई उत्पत्तिको प्रमाणपत्र जारी भएको थियो।

उद्योग विभागलाई भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी रहेको छ। विभागको योजना, अनुगमन तथा मूल्यांकन शाखाले यस्ता उद्योगहरुका हकमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने गर्छ जसका लागि तोकिएका कागजात नेपाल उद्योग वाणिज्य महासंघबाट प्राप्त हुनुपर्ने व्यवस्था रहेको छ। कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *