बाबुरामले माओवादीको चुनाव चिन्ह रोजेपछि डम्बर खतिवडा गरे पार्टी परित्याग

काठमाडौं, साउन ३१ । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले डा बाबुराम भट्टराईको साथ छाडेका छन्। उनले नेसपा–माओवादी एउटै चुनाव चिन्हबाट लड्ने निर्णयसँगै आफ्नो साधारण सदस्यता समेत परित्याग गरेको जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु। आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु।’

माओवादी परित्याग गरेसँगै भट्टराईलाई साथ दिएका खतिवडाले आज पार्टी परित्यागको घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *