माओवादी स्थायी कमिटीको बैठकमा यी एजेण्डामाथी छलफल हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डा रहेको स्रोतले बताएको छ। सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी अध्यक्ष प्रचण्डलाई दिनेगरी आजको बैठक अयोजना गरिएको हो ।

५ दिने जापान भ्रमण सकेर प्रचण्ड फर्किएपछि स्थायी कमिटी बैठक बसेर आगामी निर्वाचनमा कसरी जाने र सिट बाँठफाँटको मोडालिटीबारे आएका प्रस्तावबारे आजको बैठकमा छलफल हुने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *