उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी देउवालाई

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आसन्न चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कार्यसम्पादन समिति बैठकले चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकले चुनाव केन्द्रीत अभियान आगामी भदौ १० देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि साउन २३ गते बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भदौ २ देखि २४ सम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *