मनोज प्रभाकर नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त

काठमाडौं । भारतका पूर्वक्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन्।  नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। केही समयअगाडि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षक बिहीन थियो।

दासानायकेले स्कटल्यान्ड भ्रमणबाट फर्के लगत्तै राजीनामा दिएका थिए। भारतीय राष्ट्रिय टिमका पूर्व अलराउन्डर प्रभाकर रणजी ट्रफीका उपाधि विजेता प्रशिक्षक हुन्।

उनले रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपीको प्रशिक्षकका रुपमा काम गरेका थिए। यस्तै, उनले अफगानिस्तानको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *