नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई तह लगाउने यातायातमन्त्रीको चेतावनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।

सोमबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए ।

उनले मन्त्रिपरिषदले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको दाबी उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *