पौडी खेल्ने क्रममा इटालीमा एक नेपालीको मृत्यु

छबिलाल कँडेल

मिलान (इटाली) । पौडी खेल्ने क्रममा इटालीमा एक नेपालको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–४ का करिब २८ वर्षीय किरण खरेलको मिलानबाट लगभग ५० किलोमिटर टाढा पर्ने लोम्बार्दिया क्षेत्रअन्तर्गत पाभियामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

घटनाको बारेमा एनआरएन इटालीले उनको नेपालस्थित परिवार, स्वीजरल्याण्डस्थित नेपाली राजदूताबास, रोमस्थित नेपाली काउन्सुलेटमा जानकारी गराइसकेको छ । उनको शव पोष्टमार्टमका लागि पाभियास्थित सान मातियो अस्पतालमा राखिएको छ । खरेल नेपाली मितेरी मञ्च मिलानोका कार्यसमिति सदस्य तथा एनआरएनए इटालीका पंजिकृत सदस्यका रुपमा समाजसेवामा समेत क्रियाशिल थिए ।

एनआरएनए इटालीले उनको निधनमा शोक ब्यक्त गर्दै दाहसंस्कारका लागि उनको परिवारजनको सल्लाहअनुसार रोम र स्वीजरल्याण्डस्थित नेपाली कूटनीतिक नियोगसँग समन्वय गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *