सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च, ब्यारेजका ३२ वटा ढोका खुला

सप्तरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो।

सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । पानीको उच्च बहाव बढेसंगै कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जानकारीसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *