काठमाडौं । रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्डले नेपालको प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग दुई करोड ५० लाख डोज कोरोनाबिरुद्धको खोप ‘स्पुतनिक भी’ दिने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
मंगलबार आरडीआइएफले विज्ञप्ति निकाल्दै नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ दिने सहमित भएको जनाएको छ ।
यसले नेपालको करिब ९० प्रतिशत जनसंख्यालाई कोरोनाबिरुद्ध खोप पुग्नेछ भने नेपालका क्लिनिकहरुमा समेत सहज रुपमा उपलब्ध गराइने बताइएको छ।
