झण्डामा गाँजाको पात राखेर ‘चिया पार्टी’ दर्ता गर्न पुगेपछि…

काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न अस्वीकार गरेको छ। आयोगमा दर्ता गर्न आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरेको हो।

पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको दर्ता गर्न पुगेको पार्टीका एक सदस्यले बताए। उनीहरुले पार्टीको झण्डामा गाँजाको सात वटा पात राखेको बताए।

चियाले तल्लो तप्काका मान्छेदेखि माथिल्लो तहका मान्छेहरूलाई समेट्ने भएकोले पार्टीको नाम चिया पार्टी गठन गरिएको महामन्त्री रविकिरण हमालले बताए। उक्त पार्टी दर्ताका लागि निवेदन दिने क्रममा आयोगका पदाधिकारीले हामीलाई जिस्काउन आउनुभएको त हैन भन्दै प्रश्न गरेका थिए।

पार्टी गठन गरेपछि संविधानको प्रस्तावना, लोकतन्त्रका मुल्य मान्यताप्रति प्रतिबद्ध त हुनुपर्ने आयोगले जनाएको छ। चिया पार्टीले लोकतन्त्र, संविधानको मूल्य मान्यतालाई पनि संवोधन नगरेको पाइएको आयोगका एक पदाधिकारीले बताए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *