काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुको शल्यक्रियाअघि गरिएको कोरोना परीक्षणको रिपोर्ट मंगलबार पोजेटिभ आएको थियो ।
उपचारकै क्रममा उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पताल स्रोतले बताएको छ । म्याग्दी घर भएका शिशुको श्वासप्रश्वासमा समस्या भएपछि सोमबार चिकित्सकहरुले आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए ।