नमिता-सुनितालाई सम्झिदै बाबुरामले भने-बलात्कारीलाई मृत्युदण्ड !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य अपराध नरोकिएको भन्दै भट्टराईले सामाजिक संजालमार्फत बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी कानुन ल्याउनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले लेखेका छन्, ‘राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो । अब यसो गरौंः १.अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही २.अदालतमा छुट्टै बेन्चको स्थापना ३.अपराधीलाई मृत्युदण्ड !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *