अमेरिकाको टेक्सासमा बन्द लरीभित्र ४० आप्रवासीको शव फेला

काठमाडौं । अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी क्षेत्रमा एउटा बन्द लरीमा कम्तीमा ४० जना आप्रवासीको शव फेला परेको छ।

सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो। सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा रहेको छ।

लरी भित्र फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ। लरी वरपर आपतकालीन उद्धारकर्ता परिचालन गरिएको छ।

न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन्।

मानिसहरूको मृत्युको कारणा खुल्न नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ। सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ।

सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सिय थियो। उनीहरूको मृत्यु गर्मीका कारण पनि हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *