युक्रेनमा बिमान दुर्घटना, २२ को मृत्यु

किभ । युक्रेनमा एउटा सैनिक बिमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको ज्यान गएको अन्तराष्टिय संचार माध्यमले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीहरुले जानकारी दिएका छन ।

एन्तोनोव–२६ विमान अवतरणको क्रममा पूर्वी शहर खार्किभमा दुर्घटनाग्रस्त भएको थियो ।

खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडानमा रहेको थियो ।

आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । बेपत्ता तीनजनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *