भारी वर्षाका कारण हेम्जाको सुइँखेत क्षेत्र डुबानमा(भिडियोसहित)

पोखरा । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडा नम्बर २५ का विभिन्न स्थानमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् । पहिरोले त्यहाँ रहेका पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिएका छन् ।

तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए । वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेम्जाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *