अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक सम्पन्न, १० जनालाई कारबाही

काठमाडौं । काठमाडौं। नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक सम्पन्न भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएको हो।

स्रोतका अनुसार यस अघि भएका विवाद, विभिन्न प्रस्तावहरु र नेतृत्वको सुझावसमेतलाई आधार मानेर २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लागेको हो। अब यही केन्द्रीय समितिको अनुपातमा सचिवालय टुंगिने ती नेताले बताए।

त्यस्तै, केन्द्रीय समिति बैठकले अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जनालाई कारबाही गरेको छ।  कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् ।

कार्कीलाई यसअघि पनि क्रान्तिकारीले कारबाही गर्ने निर्णय गरेको थियो। केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *