तस्करी गरेर ल्याउदै गरेको दुई ट्रक मल धादिङका किसानको कब्जामा

काठमाडौं। सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए ।

यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले नियन्त्रणमा लिएका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि त्यसको जानकारी किसानसमक्ष पुगे लगत्तै ठूलो संख्यामा आएका किसानले दुवै ट्रकमा रहेका मलका बोरालाई कब्जामा लिएर बाँडेका थिए । किसानले पालैपालो ट्रकबाट बोरा झिक्दै घरतर्फ लगेका थिए ।

मलको अभाव भोगिरहेका किसानले पृथ्वीराजमार्गबीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिब ५ सय जना किसानले मलको बोरा ट्रकबाट निकाल्दै घरतर्फ लगेका हुन् । सरकारले मल अभाव भइरहेको बताइरहँदा भित्रभित्रै तस्करी हुने क्रम बढेको पाइएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *