प्रदेश एकद्वारा ३९ अर्ब ७३ करोडको बजेट प्रस्तुत

विराटनगर । प्रदेश एक सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश एकको प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बुधबार आगामी आर्थिक वर्षको बजेट पेस गरेका हुन् ।

कुल विनियोजनमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान फिर्ता २ अर्ब रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ प्रदेश सरकारको आन्तरिक राजश्व मध्ये ४ अर्ब ९८ करोड ४५ लाख, राजश्वको बाँडफाँटबाट ११ अर्ब ८८ करोड २१ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, ससर्तबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च बेहोरिने मन्त्री आङ्बोले जनाएका छन् ।

बाँकी अपुग रकममध्ये नगदबाट ३ अर्ब ५५ करोड र वैदेशिक २५ करोड ६८ लाख रुपैयाँ बेहोरिने मन्त्री आङ्बोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *