आज कहाँ–कहाँ छ बर्षाको सम्भावना?

काठमाडौं । नेपालमा मनसुनी याम शुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ। लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको हो।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाकाको अनुमान छ। तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ। बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो।

काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ। पछिल्लो २४ घण्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ। नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *