सिसडोलका स्थानीयले पुनः रोके फोहर बोकेका गाडी

काठमाडौ। नुवाकोटस्थित सिसडोलका स्थानीयले पुनः काठमाडौंबाट डम्पिङका लागि गएका फोहोर बोकेका गाडी रोकेका छन् ।

आईतबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच फोहोर उठाउने सहमति भएको थियो ।

तर, सिसडोलका स्थानीयले भने काठमाडौंमा भएको सहमति नमान्ने भन्दै आज विहानैदेखि फोहर बोकेका गाडी बाटौमै रोकेका हुन् ।१० दिनदेखि काठमाडौं महानगरपालिकाका चोक चोकमा थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको थियो।

फोटोः रुटिन अफ नेपाल बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *