बागमतीका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभरको प्रकोप, १ हजार १९ वटा सुँगुररबङ्गुर मरे

काठमाडौं। वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी रेकर्ड छ। सरकारी रेकर्डमा उक्त तथ्याङ्क आए पनि रेकर्डमा नरहेका यस्ता पशुहरूको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान छ।

अफ्रिकन स्वाइनफिभर देखापरेर हालसम्म काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकालीमा निकै क्षति गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा रामप्रकाश प्रधानले जानकारी दिए ।

ललितपुरको गोदावरी र भक्तपुरको चांगुनारायणमा उक्त रोगका कारण धेरै सुँगुर तथा बङ्गुर मरेका हुन्। माउ काठमाडौँ जाने र पालनका लागि पाठापाठी जिल्लातिर पठाउने गरिएका कारण अन्य जिल्ला पनि उक्त रोगको जोखिममा रहेको उनले बताए। अफ्रिकन स्वाइनफिभर एक प्रकारको भाइरसबाट लाग्ने सङ्क्रामक महामारी रोग हो। नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *