अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना तालिबान लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको जानकारी दिए । प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।
अफगानिस्तानमा सरकारी सुरक्षाफौजको कारबाहीमा २५ तालिबान लडाकूको मृत्यु
