एजेन्सी । रजत पतिडरले बिस्फोटक ब्याटिङ गर्दै शानदार सतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत जारी इलिमिनेटरको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखन सुपर जायन्ट्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । कलकतामा जारी खेलमा बैंगलोरले लखनउलाई जीतको लागि २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
इडेन गार्डेनमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७ रन बनाएको हो । बैंगलोरको लागि रजत पतिडरले सतक प्रहार गरे । उनी ५४ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १ सय १२ रनमा अवजित रहे । दिनेश कार्तिकले २३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३७ रन बनाउँदा विराट कोहलीले २५ र महिपाल लोम्रोरले १४ रनको योगदान गरे ।
लखनउको लागि मोहसिस खान, कुर्नाल पाण्ड्य, अभेष खान र रवि विश्नोइले एक/एक विकेट लिए । दोस्रो इनिङ्स केहिबेरमा शुरु हुनेछ ।
