मोरङको सुन्दरहरैचाको मेयरमा एमाले विजयी

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ । एमाले उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरे ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गरे ।

सो गाउँपालिकाको दश वडा मध्ये नेपाली काँग्रेसका ६ एमालेका तीन, एक वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *