सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । पेरिसडाँडामा सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । यसअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार मन्त्रिपरिषद पुनर्गठनका बारेका छलफल भएको थियो ।

भेटमा आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ ।
आजको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद हेरफेर गर्ने गरी दुई अध्यक्षबीच छलफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *