नेकपाको सचिवालय बैठकद्वारा मन्त्रिपरिषद पुनर्गठनलगायत चार वटा कार्यसूची तय

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले चार वटा कार्यसूची तय गरेको छ । आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले पहिलो मन्त्रिपरिषद पुनर्गठन, दोस्रो संवैधानिक राजनीतिक नियुक्ति, तेस्रो सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र चौथो विविध भन्ने कार्यसूची रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार विविधमा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त पदपूर्ति, विगतमा भएका कारबाही तथा पूर्णकालिन कार्यकर्तालाई केही सहयोग गर्ने लगायत रहेका छन् । आजको बैठकमा चार एजेण्डा मध्ये मन्त्रिपरिषद पुनर्गठनको एजेण्डाको नीतिगत विषयममात्र छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले सरकारलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने उद्देश्यले मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे विभिन्न कोणबाट छलफल भएको बताए । अर्को बैठक सोमबार पेरिसडाँडामानै बोलाइएको छ । पार्टी एकताको २८ महिनापछि कोटेश्वरस्थित पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *