धादिङ । पेट्रोल बोकेर काठमाडौंका लागि छुटेको एउटा ट्यांकर दुर्घटना भएर त्रिशूली नदीमा खसेको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका ६ चरौंदीबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नदीमा खसेको ट्यांकमा आगलागी भएको थियो ।
दमकलको सहायताले आगो निभाइसकिए पनि ट्यांकर भने नदीमै रहेको छ । दुर्घटनामा परेका ट्यांकरका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३६ वर्षीय सुदीप बोहरा र सहचालक सोही ठाउँका २२ वर्षीय मनिष नगरकोटी भने सकुशल छन् ।







