मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङ । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो।

त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। ‘स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्,’ उनले भने, ‘त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ।’

दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उनको भनाइ छ। यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *