बांके । नेपालगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको जानकारी दिए।
