हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति

काठमाडौं । यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै, अमादब्लम (६८१४ मिटर) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज सात समूहले अनुमति लिएको छ । अन्नपूर्ण (८०९१ मिटर) र नुप्से आरोहणका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) मा चार, धौलागिरी (८१६७ मिटर) का लागि दुई र ल्होत्से (८५१६ मि) मा एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुलीका लागि चार, थापा पिकका लागि चार समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ४४ करोड ८० लाख ९४ हजार रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *