भीरकोटको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि मेरो उम्मेदवारी: अध्यक्ष केसी

स्याङ्जा । स्थानीय निर्वाचनको मिति नजिकै गर्दा विभिन्न दलका नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै भीरकोट नगरपालिकामा पनि चुनावी माहोल तातेको छ । भीरकोट नगरपालिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका भीरकोट नगर प्रवक्ता एवम् वडा नं १ का वडा अध्यक्ष दीपेन्द्र केसी पनि चुनावी अभियानमा होमिएका छन् ।

उनी युवाहरुमा निकै नै लोकप्रिय र राम्रो एजेण्डा सहित प्रस्तुत भएका छन् । उनलाई स्याङ्जामा राजनीतिक भविष्य बोकेको नेताको रुपमा स्याङ्जा बासीहरुले हेरेका छन् । अध्यक्ष केसीले लामो राजनीतिक विरासत भएको परिवारबाट प्रतिनिधित्व गरेका छन् । उनले नेपाल तरुण दलको क्षेत्रीय सभापति रहेर युवा कमाण्ड समहाली पार्टीलाई सविधानसभा को चुनाव जिताउन नेतृत्वदायी भुमिका खेलेका थिए l

उनले समग्र भीरकोट नगरपालिकाको विकासका लागि आफूले हरपल काम गर्ने कुरा व्यक्त गरेका छन् । उनले भीरकोटको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको लागि अगाडि बढेको र आफूले नगरपालिकाको नयाँ मोडालिटी पनि तयार गर्ने कुरा व्यक्त गरेका छन् । उनले भीरकोटको पहिचान भनेको नै यहाँको पर्यटन भएको, छायाक्षेत्र मन्दिर, भीरकोट दरबार, गडहरे गुफा, स्वरेक मैदान जस्ता ठाउँहरू रहेकाले यिनीहरूलाई प्रचार प्रसार गरी यिनको माध्यम बाट आर्थिक अवस्था माथि लैजान सकिने कुरा व्यक्त गरे ।

उनले खेलकुद क्षेत्रको पनि विकासको लागि छुट्टै एकेडेमीको व्यवस्था गर्ने र समुन्नत भीरकोटको लागि सबै जनासँग समन्वयात्मक भुमिका निर्वाह गर्ने र कृषिको विकास र बजार प्रवर्दन गर्ने, बालक, वृद्ध, युवाहरुलाई हुने खालका कार्यक्रमहरु लिएर आउने जसले गर्दा उनीहरूको स्तरउन्नति हुने कुरा केसीले जोडे । उनले भीरकोटलाई गण्डकी प्रदेशको नमूना पालिका बनाउने कुरा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *