गोदावरी नगरपालिकाको मेयरका लागि राप्रपाबाट सैलेश महर्जनको दाबी

ललितपुर । ललितपुर जिल्ला गोदावरी नगरपालिकाको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )बाट सैलेश महर्जनले आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टीमा नयाँ परिवर्तन आवश्यक भएसँगै नयाँ नेतृत्वले मौका पाउनुपर्ने हिसाबले महर्जनले मेयर पदको उमेदवारमा आफ्नो दाबी गरेको बताएका छन् ।

“समाजमा अहिले आवश्यक भएकै विकास हो र त्यो विकास सबै गरिएको जस्तो मात्र देखिएको छ । त्यसलाई दिगो र सबै समाजमा मिल्ने गरि विकास गर्नका लागि मेरो दाबी रहेको हो,” सैलेशले बताए । बिगत लामो समय देखि पार्टीमा रहेका सैलेशले आफ्नो योजनामा शिक्षा, स्वस्थ्य, बाटो र आम नगरिकले पाउनु पर्ने सबै क्षत्रमा काम गर्ने उनले बताए ।

उनले आफ्नो प्रमुख एजेन्डा भनेकै समाजमा रहेको भ्रष्टाचारलाई पुर्ण रुपमा बन्द गर्ने, युवाहरुलाई बिकासमा सकृय बनाउने, खेलकुदमा लगानी गर्ने, समाजमा बस्ने हरेक नागरिकको सुरक्षा र स्वास्थ्यमा पुर्ण रुपमा काम गर्ने बताएका छन् । उनी आफू पनि युवा भएको र युवालाई कस्तो शिक्षा र शिपको आवश्यकता छ त्यो आफुलाई राम्रो सङ्ग थाहा भएकाले त्यस विषयमा पनि काम गर्ने उनको भनाई छ ।

राप्रपाबाट यस पटक ललितपुरबाट राम्रो प्रत्यासी देखिने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *