जायज माग पूरा गरी डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले शुक्रबार विज्ञप्ति जारी गरी डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् । उनी विगतमा आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै अनसनमा बसेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *