भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले शुक्रबार ट्वीट गर्दै भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएका हुन् ।
काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहेका छन् । पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरे । उनले प्रश्न गरेका छन्, ‘भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ?’
बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलग्न भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो ।
